Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रधानमन्त्री ओली सान होजे पुगे, उपराष्ट्रपतिद्वारा स्वागत


0
Shares

न्युयोर्क ।  प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे पुगेका छन् ।

उनलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरे । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । रासस