काठमाडौं । निर्माता प्रदीप उदयले चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
उदयले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास अनुराधामा आधारित रहेर चलचित्र निर्माणको घोषणा गरेका हुन् ।चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्ने भएका छन् । चलचित्रको पटकथा तथा संवाद सामीप्यराज तिमल्सिनाले लेख्ने भएका हुन् ।
आगामी मंसिरको अन्तिमदेखि छायांकन शुरु हुने चलचित्र तराई र काठमाडौंमा खिचिने निर्माणपक्षले जनाएको छ । कलाकार गोप्य राखेको निर्माण टिमले सिनेमेटोग्राफीका जिम्मा सुशन प्रजापतिलाई दिएको हाे ।









प्रतिक्रिया दिनुहोस्