Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कोलम्बिया भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्या १८० जना नाघ्याे, २६ सय घाइते

११ सय बढी घर ध्वस्त, अधिकांश मानिस घरबाहिरै बस्न बाध्य, संकटकालको घोषणा

650
Shares

एजेन्सी। कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि भवनहरूभित्र र भग्नावशेषमुनि फसेका जीवित व्यक्तिहरूको उद्धारका लागि उद्धारकर्मीहरू तीव्र गतिमा काममा खटिएका छन् ।

भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १ सय ८० जना भन्दा बढी पुगेकाे पुष्टि भएको हाे। जसमध्ये अधिकांश काली र परेइरा सहरका रहेका छन्। सोमबार बिहान ७:३४ बजे गएको ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौं माइलसम्म फैलिएको विशाल क्षेत्रमा महसुस गरिएको थियो। मंगलबार पनि यसका परकम्पहरू महसुस भएकाे जनाएकाे छ।

आधिकारिक मृतक संख्या १ सय ८१ भए पनि स्थानीय अधिकारीहरूबाट संकलित तथ्यांकले यो संख्या अझै बढी (सम्भवतः २ सय ४० भन्दा बढी)हुन सक्ने देखाएको छ। राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले संकटकालको घोषणा गर्नुभएकाे छ।

सबै भन्दा बढी प्रभावित सहरहरूमध्ये एक, परेइराबाट मंगलबार पछिल्लो जानकारी दिँदै राष्ट्रपति एस्प्रिएलाले मृतक बाहेक करिब २ हजार ६ सय मानिस घाइते भएको र करिब २ सय जना अझै बेपत्ता रहेको बताउनुभयाे। उहाँले १ हजार १ सय भन्दा बढी घरहरू ध्वस्त भएको र ८ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको जानकारी समेत दिनुभएका छ।

सोमबार रातिदेखि मंगलबारसम्म, परेइरा र काली जस्ता सहरहरूमा अधिकांश मानिसहरू घर ध्वस्त भएका कारण वा थप संरचना भत्किने डरले रातभर घरबाहिरै बस्न बाध्य भएका थिए। देशैभरी दर्जनौं ठूला भवनहरू समेत भत्किएकाे बीबीसीले जनाएकाे छ।

Skip This