Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चितवनमा खोला किनारमा एक जना मृत फेला


117
Shares

चितवन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शब फेला परेको छ ।

आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Skip This