काठमाडाैं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।
काठमाडाैंमा मंगलबार नाइमा अटो शो (नाइमा मोबिलिटी एक्स्पो २०२६) को उद्घाटन समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष अग्रवालले यस्ताे बताउनुभएकाे हाे। यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभयाे। अध्यक्ष अग्रवालका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको योगदान करिब सात प्रतिशत रहेको छ। यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख भन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको तथ्य प्रस्तुत गर्नुभयाे।
अध्यक्ष अग्रवालले यो क्षेत्र बैंकिङ, बीमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्नुभएकाे छ। अर्थतन्त्रको विद्यमान शिथिलताप्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकारको नियमनकारी नीतिका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । अहिलेको अवस्थामा डेढ लाख भन्दा बढी उद्यमी व्यवसायीहरू ‘कालो सूची’ मा पर्नु र घरजग्गा, सेयर बजार तथा उत्पादनमूलक उद्योगहरू सुस्ताउनु नीतिगत कमजोरीको परिणाम भएको उहाँको तर्क छ ।
अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरण ऐनले व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना गरेको विषयलाई प्रमुखताका साथ उठाउनुभयो ।









प्रतिक्रिया दिनुहोस्