Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


चलचित्र ‘म मदनकृष्ण’ मा अभिनेत्री वर्षा राउत अनुबन्ध


104
Shares

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध भएकी छन् ।

यो चलचित्रमा उनी हरिवंश आचार्यको अपोजिटको भूमिकामा देखिने भएकी हुन् । उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमतीको भूमिका निभाउने भएकी छन् । हरिवंशको भूमिकामा यो चलचित्रमा अरुण क्षेत्री यसअघि नै अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्ने छन् ।

हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यहि टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहने निर्माण टिमले प्रेस नोटमा उल्लेख गरेको हाे। अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् । मदनकृष्णको जिन्दगीका सुख-दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्ने भएका छन् ।

म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्ने भएका हुन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउने भएका छन् । उनले मदनकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्ने भएकी हुन् ।

मदनको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य रअन्तरजातीय विवाह लगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहने भएकाे हाे ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्ने भएका छन् ।