Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रधानमन्त्री मोदीको भिडियो हटाएकोमा मेटाले माग्याे माफी


845
Shares

काठमाडाैं । फेसबुक मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले मेटाअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल फेसबुकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एक भिडियो हटाएकोमा माफी मागेको दाबी गरेको छ।

भारतका प्रधानमन्त्री मोदीको भिडियो मेटाले केही समयका लागि हटाएको थियो। पछि फरी मोदीले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो। बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री नियन्त्रणका क्रममा कमजोरी हुँदा प्रधानमन्त्री मोदीको भिडियो हटेको मेटाले दाबी गरेको छ।

पछिल्लो समय डीपफेक सामग्री फैलिन दिएको तथा अन्य सञ्चालनगत त्रुटिहरू भएको स्वीकार गर्दै माफी मागेको भारतीय सञ्चार माध्यामहरुले सरकारी स्रोतहरूलाइ उल्लेख गर्दै समाचार प्रसारण गरेका छन्। बुधबार द इन्डियन एक्सप्रेसले मोदीको भिडियो हटेकोमा मेटाले माफी मागेको दाबी सहितको समाचार प्रकाशित गरेको छ।

उसले भन्यो ‘सरकारी स्रोतका अनुसार मेटाले निश्चित प्रकारका सामग्रीको पहुँच (रिच) बढाउन ठूलो रकम खर्च गरिएको तथ्य पनि स्वीकार गरेको छ।’ तर अहिले सम्म यस विषयमा मेटाले कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन।

Skip This