Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ट्रक चालक घाइते


312
Shares

हेटौंडा । मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–२, तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका हुन् । बुधबार बिहान पालुङदेखि वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएकाे थियाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेको जनाएकाे छ।

दुर्घटनामा ट्रकमा सवार ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीकाे भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।