Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


गोरखा र चितवनसहित ४० जिल्लामा आज आकस्मिक बाढीको जोखिम


442
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका गोरखा र चितवनसहित ४० जिल्लाका नदी तथा खोलामा बुधबार आकस्मिक बाढीको जोखिम रहेको जनाएकाे छ।

विभागले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको जोखिम रहेको जानकारी दिएकाे हाे । विभागले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेकाे छ । त्यस्तै, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ भएर बग्ने नदी तथा खोलामा पनि बाढीको जोखिम रहेकाे हाे ।

त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कन्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएकाे छ । विभागका अनुसार बुधबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली-पहाडी तथा तराईका भू-भाग केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे हाे।