काठमाडौं । काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट साउन १८ गते सशस्त्र प्रहरीले २९६.७५ ग्राम ब्राउन सुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा एपीएफ ईन्टेलिजेन्स व्युरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ बर्षिय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी र ललितपुर जिल्ला बाग्डोल–४ बस्ने ५१ बर्षिय सविन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट १ लाख ९८ हजार ३ सय ७५ नेपाली रुपैयाँ, १ हजार जापानी येन सहित अन्य बिदेशी मुद्रा , २ वटा संचार सेट, ३ थान ल्यापटप, १ थान प्रिन्टर, ४ थान मोबाईल सेट, लागूऔषधमा मिसाउने केमिकल २२ बोतल समेत बरामद भएको छ । उनीहरुले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडी समेत नियन्त्रणमा लिईएको छ । प्रभात तिवारी लागू औषध मुद्दाका फरार अभियुक्त भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्