Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्याे


728
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबार तोलामा एक हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार तोलामा चार हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी सोमबार चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।