Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


‘गोदावरी राजधानी बनाउँदा अरु ठाउँ समाप्त हुँदैन’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज १३ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घराज सोडारीले गोदावरीलाई स्थायी राजधानी बनाउँदा अरु ठाउँको अस्तित्व समाप्त नहुने बताएका छन् ।

राजधानी गोदावरी भएपनि प्रदेशका सबै जिल्ला र क्षेत्रको विकासमा उत्तिकै ध्यान दिइने उनले बताए ।

प्रदेशको राजधानी गोदावरी तोकिएकामा गोदावरी नगरपालिकाले शनिबार गरेको स्वागत कार्यक्रममा उनले भने–‘धनगढीलाई ठूलो व्यापारिक केन्द्र बनाइनेछ ।’

समग्र सुदूरपश्चिमको विकासमा आफूहरु लाग्ने र अरु प्रदेशभन्दा राम्रो विकास गरिने मन्त्री सोडारीको भनाइ थियो ।

कार्यक्रममा नेकपाका प्रदेशसभा सदस्यहरु अक्कल रावल, कृष्णराज सुवेदी र चुनुकुमारी चौधरी तथा गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाले प्रदेश राजधानी जनभावनाअनुसार नै भएको भन्दै सम्पूर्ण प्रदेशवासीले स्वीकार्नुपर्ने बताए ।

कार्यक्रममा नगरवासीले पन्चेबाजासहित राजधानी तोक्ने निर्णयको स्वागत गरेका थिए । स्थानीयवासीले विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत् गरेका थिए ।