Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा सवारी संचालनमा राेक


78
Shares

काठमाडाैं । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी-दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आइतबार साँझ ७ देखि मंगलबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको जनाएकाे हो ।

बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएकाे हाे ।