काठमाडौं । मधेश प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
मधेश प्रदेश कृषि विकास निर्देशनालयले अहिलेसम्म मधेशभर तीन लाख ५० हजार १ सय १८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जनाएकाे हाे । यो रोपाइँ योग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो । मधेश प्रदेशका ८ जिल्लामध्ये सिरहामा सबै भन्दा बढी शत प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएकाे छ।
सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको हाे । त्यस्तै, धनुषामा ८५ प्रतिशत, महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत र पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मधेश प्रदेशमा कूल तीन लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ ।
अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको र्देशनालयले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्