Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


धनुषामा पनि प्रशासनले लगायो कर्फ्यू


169
Shares

धनुषा । धनुषा जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ।

बिहीबार दिउँसो साढे ३ बजेदेखि लागु हुनेगरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको बैठक अनुसार अनिश्चित कालका लागि कर्फ्यू लगाइएको हो।

उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवा सम्म लगाइएको छ। पश्चिममा सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको हो।