काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशमा संकट हुने अवस्थामा सरकार बेखबर भएको बताउनुभएकाे छ।
प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकमा बाेल्दै उहाँले देशमा हिंसा हुने अवस्थामा सरकार अँध्यारो कोठमा बस्न नहुने धारणा राख्नुभएकाे हाे । उहाँले भन्नुभयाे,- “सरकार बेखर छ । सरकार कहाँ छ ? सायद यो लाइभ हेरिरहनुभएको छ भने हात हल्लाएर सोध्न चाहन्छु, “सरकार तपाईं अब निस्कनुपर्छ । तपाईं (प्रधानमन्त्री) भित्र अन्धकारमा बसेर दूरबिन लगाएर देश ठिक छ भन्न पाउनु हुन्न । हामी संयमित होऔं, मिडियाकर्मीले चलाउने कलम, खिच्ने क्यामेरा स्थायी सरकार हो ।”
सांसद राईले सरकार बेखबर भएमा अरू मूर्ख हुन नहुने समेत बताउनुभएकाे छ। उहाँले भ्रामक लेख, भिडियो नफैलाउन आग्रह गर्नुभयाे । प्रधानमन्त्री र गृहमन्त्री संसद् बैठकमा उपस्थित नभएकाेप्रति उहाँले आपत्ति समेत जनाउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्