काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
बुधबार तोलामा एक हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। चाँदी बुधबार तोलामा चार हजार तीन सय २० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बिहीबार चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला १० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्