Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


दुई हप्तापछि प्रतिनिधि सभाकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

बैठकमा पूर्वसदस्य श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिंने

0
Shares

काठमाडौं । दुई हप्तापछि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ ।

सिंहदरबारमा बैठक बिहीबार बिहान ११ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठक दुई हप्तापछि बस्न लागेको हो ।

यसअघि प्रतिनिधिसभाको अन्तिम बैठक गत असार ३१ गते बसेको थियो ।