Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति (पत्रसहित)

आन्दोलनका सम्पूर्ण कार्यक्रम पनि फिर्ता

0
Shares

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ ।

वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानून मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । सहमतिसँगै चिकित्सक संघले जारी राखेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू बुधबारदेखि स्थगित गरी स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए । संघको आह्वानमा मंगलबार र बुधबार देशैभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको हाे ।