Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


हँसिया प्रहार गरी छोराले गरे बुवाको हत्या


507
Shares


जीवन खड्का, रुकुम पश्चिम।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर- ८ फुक्रु हुसिखोलाका ७४ वर्षीय ठकेन्द्र घर्तिलाई आफ्नै छोरा २६ वर्षीय प्रेम बहादुर घर्ति पारसले आज दिउँसो साढे ३ बजेतिरको समयमा धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार प्रेमले बुवाको टाउकोको पछाडिको भागमा हानेको र घटनास्थलमै मृत्यु भएको थियो ।

अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको समेत टाउकोमा चोट लागेको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।

घटनाको जानकारी पश्चात सिम्ली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।