काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।
मंगलबार तोलामा चार हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। चाँदी मंगलबार तोलामा चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बुधबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्