काठमाडाैं । गुरुपूर्णिमा पर्व बुधबार गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी देशैभर मनाइँदैछ ।
साेही अवसरमा बुधबार विभिन्न विद्यालय एवं संघसंस्थाहरूले कार्यक्रम आयोजना गरी आफ्ना गुरुप्रति श्रद्धा प्रकट गर्ने प्रचलन रहँदै आएकाे हाे । यस दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यासको जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा मनाउने गरिएको हो । गुरु पूर्णिमा र व्यास जयन्तीका अवसरमा देशैभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संघसंस्थाहरूले विशेष कार्यक्रमहरूको आयोजना समेत गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्