काठमाडौं । नेकपा एमालेले सुनसरीको देवानगञ्जमा एक जना युवाको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेको हो ।’घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न एमाले सरकारसँग जोडदार माग गर्दछ जारी विज्ञप्ति भनिएकाे छ।’
एमालेले नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यति संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनायोग्य विषय रहेको जनाएको हाे ।










प्रतिक्रिया दिनुहोस्