Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


संसदीय सुनुवाइ समितिकाे बैठक आज पनि बस्दै

बैठकमा प्रमुख आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध सुनुवाइ हुने

13
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बुधबार बिहान सवाँ ११ बजे बस्दैछ ।

सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे हाे । बैठकमा प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई बाेलाएर सुनुवाइ गर्ने कार्यसूचीमा उल्लेख छ ।

समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई बाेलाएर सुनुवाइ गरेको थियो ।