Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


दमनले सत्तासीन र सत्तालाई नै ढाल्ने महासचिव विप्लवकाे ठहर

सत्तासँग सावधानी, समस्याकाे समाधान गर्ने क्षमता भन्दा गोली र बल बढी भएकाे टिप्पणी

13
Shares

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दमनले सत्तासीन र सत्तालाई नै ढाल्ने टिप्पणी गर्नुभएकाे छ।

महासचिव विप्लवले साेमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे टिप्पणी गर्नुभएकाे हाे । सत्तासँग सावधानी, समस्याकाे समाधान गर्ने क्षमता भन्दा गोली र बल बढी नै रहेको टिप्पणी गर्नुभयाे।

सरकारले गोली, जेल र दमनलाई समाधान ठानेकाे बताउदै उहाँले सुनसरीमा मात्र होइन सुकुम्बासी, मिटरब्याजपीडित, गणेश नेपाली लगायतका घटनामा प्रष्ट रुपमा देखिएकाे बताउनुभएकाे छ। हेक्का रहोस् बल, गोली र दमनले जनतालाई होइन सत्तासीन र सत्तालाई ढाल्ने उहाँकाे ठहर थियाे ।

महासचिव विप्लवले समयमै दोषीलाई कारबाही, पीडितलाई न्याय दिन र समस्याको न्यायपूर्ण समाधान गर्न सरकारसँग माग गर्नुभएकाे छ।