काठमाडौं । खोटाङकी प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु) ले ‘द भ्वाइस किड्स नेपाल सिजन-५’ मा एकपछि अर्को सफलता हासिल गर्दै लाइभ राउन्डको यात्रा तय गरेकी छन् ।
‘द भ्वाइस किड्स’ को ब्याटल राउन्डमा कोच वाङ्देन शेर्पाको टोलीबाट मैदानमा उत्रिएकी शुवास्नाले प्रतिस्पर्धीहरू सया केसी र अभिना लिम्बुसँगै ‘नाम के हो भन न’ बोलको गीतमा प्रस्तुति दिएकी थिइन्। प्रतिस्पर्धीहरू कमजोर थिएनन्, तर जब शुवास्नाले सुर पक्रिइन, तब कोचहरूको ध्यान अन्त मोडिनै सकेन । शुवास्ना सोझै लाइभ राउन्ड मा प्रवेश गरिन् ।
शुवास्नामा टिकटक वा फेसबुकको कुनै बनावटी स्टन्ट नभइ शुद्ध गायकी र मिहिनेतमा विश्वास गर्ने आफन्त बताउँछन् ।अहिलेसम्म शुवास्नाले आफ्नो प्रतिभा, लगन र निरन्तर अभ्यासका बलमा कोच र निर्णायकहरूको मन जितिन्। अब भने उनी दर्शकको हातमा रहेको ‘भोटिङ’ को परीक्षामा होमिँदै छन् ।
शुक्रबारदेखि भोटिङ खुला हुने भएकाे हाे। शुवास्नाको फेसबुक पेजमार्फत भोटिङका लागि उनले अनुरोध गरेकी छन् ।









प्रतिक्रिया दिनुहोस्