Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


सुनचाँदीको मूल्यमा उकालाे यात्रा कायमै


26
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य उकालाे लाग्ने क्रम जारी रहेकाे छ।

सोमबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार प्रतितोला २ लाख ८५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार तोलामा चार हजार तीन सय २० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार चार हजार तीन सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ५० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार ६३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।