Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


पेट्रोलियम पदार्थको खुद्रा-बिक्री मूल्य यथावत (विज्ञप्तिसहित)


26
Shares

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेकाे छ।

निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको जनाएकाे हाे । यसअघि जस्तै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९४ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको १ सय ९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

त्यस्तै, दोस्रो वर्ग सुर्खेत, दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९६ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ सय ९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाडाैं, पोखरा, दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ र डिजेल-मट्टितेलको १ सय ९५ रुपैयाँ नै यथावत् राखिएको निगमले जनाएको हाे ।