Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह


13
Shares

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ।

बिहीबार बिहान मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको हाे। देशैभरमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बिहीबार दिउँसो भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे। देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रेदशको तराई भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। कोशी, बागमती, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा तराई भू-भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, बिहीबार राति भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेश, कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली-पहाडी तथा तराई भू-भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।