Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


विद्यालयमा आइतबारे विदा खारेजको माग


715
Shares

काठमाडौं ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालयहरुमा आईतवारको सार्वजनिक बिदा तत्काल खारेज गरी साताको ६ दिन नै पठनपाठन सुचारु गर्न सरकारसँग माग गरेको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष काशीनाथ दंगालले हप्तामा दुई दिन बिदा दिने निर्णयबाट बालबालिकाको औपचारिक पठनपाठन र सिकाइको अवधि घटेको भन्दै आपत्ति जनाउनुभयो ।

आईतवारको बिदाका कारण देशभरका अभिभावकहरू चिन्तित बनेको दाबी गर्दै उहाँले बालबालिकाको सिकाइ अवसर सुनिश्चित गर्न साताको ६ दिन नै विद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै महासंघले विद्यालय शिक्षालाई संविधानको मर्म अनुरूप व्यवस्थित बनाउन ‘विद्यालय शिक्षा ऐन’ तत्काल जारी गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघमका अध्यक्ष काशीनाथ दङ्गालले महासंघले विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ ।

साथै, व्यवस्थापन समितिलाई विद्यालय स्तरको सरकारको भुमिकामा स्थापित गर्दै यसको कार्यकाल ५ वर्षको हुनेगरी तत्काल कानूनी प्रवन्ध मिलाउन समेत माग गरिएको छ ।