काठमाडौं । सरकारको अस्थायी र करारका कर्मचारी हटाउने तयारीविरुद्ध कर्मचारीहरूले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।
सरकारले आफूहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएको भन्दै विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् । सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरूले सेवा निरन्तरताको माग गर्दै मन्त्रालयमा धर्ना दिएका थिए ।
सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको कर्मचारीहरूको तर्क छ।









प्रतिक्रिया दिनुहोस्