Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण


598
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गर्नुभएकाे हाे ।

संघीय संसद्‍को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको ती विधेयकहरू नेपालको संविधानको धारा ११३ उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नभयाे ।