Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जिम्मा नेपाली सेनालाई


52
Shares

काठमाडौं। सरकारले वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई जिम्मा दिएको छ।

यहि असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेनालाई उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको हो । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सरकारले सेनालाई तीन वटा जिम्मेवारी दिएको बताउनुभयाे । पहिलो, हेटौंडा कपडा उद्योगका मेसिनको मर्मत सम्हार गर्ने, दोस्रो, प्राविधिक जनशक्तिले हेटौंडा कपडा उद्योगको उत्पादन परीक्षणका लागि अध्ययन प्रतिवेदन तयार पार्ने र तेस्रो परीक्षण उत्पादन गर्ने रहेको उहाँकाे भनाइ छ ।

शुरुमा हेटौंडा कपडा उद्योग उत्पादन सम्बन्धमा सम्भाव्यता अध्ययन गरिने भएकाे हाे । यो कार्य छिट्टै सम्पन्न गर्ने सेनाले जनाएकाे छ। सेनाले उद्योगमा रहेका मेसिनको अवस्था, कति मेसिन बनाउनुपर्ने र मर्मत सम्हार गर्न कति समय लाग्ने जस्ता विषय अध्ययन प्रतिवेदनमा समेटिने जनाएकाे हाे।