Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


धोबीखोलामा हाम फालेकी महिला मृत फेला


975
Shares

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा फेला परेकी छन् । बिहीबार अपराह्न ४ बजेतिर कालोपुल र रातोपुलबीचको धोबीखोलामा अन्दाजी ३५ वर्ष वर्षिय महिलाले हामफालेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी बल्खु कुमारी क्लबभन्दा तल खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

उनको परिचय खुल्न भने बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।