Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अख्तियार र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश


65
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतिसौ वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले पेश गर्नुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ ।