काठमाडौं । रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन शुरु हुने भएको छ ।
नेपाली लोक संगीतको क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ ‘लोक दोहोरी स्टार सिजन–२’ आयोजना हुन लागेको हाे । एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको यो शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रियस्तरको अवसर उपलब्ध गराउने उद्देश्यले यस पटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको छ ।
शोको निर्णायकमा गायिका कोमल ओली र गायकद्वय राजु परियार र चन्द्र शर्मा रहेको आयोजकको प्रेस नोटमा उल्लेख गरिएकाे छ। साेही कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने पनि आयाेजकले जनाएकाे हाे। आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको आयोजकले जनाएकाे हाे ।
अडिसन यहि असार २७ गते इटहरीबाट हुने भएकाे छ । असार २९ गते चितवन, असार ३१ गते बुटवल, आगामी साउन १ गते नेपालगञ्ज, ४ गते पोखरा ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिने भएकाे हाे । इटहरीको क्लब के, चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक हुनुपर्ने आयाेजकले जनाएकाे हाे । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्