Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


एमाले सांसद राईको सभामुखलाई चुनौती: ‘मैले कुरा बुझिसके, खुट्टी हेरिसके, तपाईले ५ वर्ष संसद चलाउनुहुँदैन’


78
Shares

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएकाे छ।

प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,- ‘तपाईंको व्यवहारले तपाई पाँच वर्ष संसद चलाउनुहुँदैन, मैले बुझिसके, खुट्टी हेरिसके’, ‘के कुरा भन्दैछु सुन्नुपर्छ पर्दैन ? ’

यसअघि सभामुख अर्यालले सांसद राईलाई समय दिनुभएकाे थियाे। सभामुखको समय पाएपछि माइक समातेर सांसद राईले सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुँदैन ? भनेर कुरा शुरु गर्न लाग्दा सभामुखले आचरण विपरित बोलेको भन्दै राईलाई समय नदिने भन्दै अर्का सांसद परशुराम तामाङलाई समय दिनुभएकाे थियाे। सांसद तामाङ पनि बोल्न मान्ननुभएन त्यसपछि एमाले सांसदहरू उठेर विरोध गरेका थिए ।

पुन: सभामुख अर्यालले सांसद राईले गल्ती स्वीकारेको भन्दै बोल्न समय दिनुभएकाे थियाे । तर एमाले सांसद राई बोल्न थालेपछि सभामुखले फेरि सचेत गराए र बैठक स्थगित गर्नुभएकाे छ।