काठमाडाैं । लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ ।
प्रदेशसभा सचिवालयले बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफललाई निरन्तरता दिने जनाएकाे हाे। बैठकको शुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय र मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको रहेकाे छ ।
त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयले जनाएको हाे ।लामो समयको विवादपछि लुम्बिनी प्रदेशसभाको बजेटमाथि आइतबारदेखि छलफल चलिरहेको छ ।
मन्त्रीकै क्षेत्रमा मात्रै बजेटको ठूलो हिस्सा गएको भन्दै प्रदेशसभा सदस्यहरूले अवरोध गर्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्