काठमाडौं। जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई चित्रण गरिएको चलचित्र चंगुल आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशन रहेको चलचित्रमा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाई कथा बनाइएको छ ।
गत वर्ष भदौ २३ र २४ को आन्दोलन र साेही आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका शहिदहरुको सम्झना स्वरूप चलचित्र भदौ १९ मा रिलिज गर्न लागिएको चलचित्रकी निर्माता मालती कार्कीले बताएकी हुन् ।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना र राकेश कुमार राईसहितको अभिनय रहेकाे छ । विपिन आचार्य तथा नन्दनी अधिकारीको संगीत रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व, दीपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन रहेकाे निर्माण युनिटले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्