Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा प्रवेश

पाराग्वे र क्यानाडा भने विश्वकपबाट बाहिरिए

0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगेका छन् ।

अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा आइतबार बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १-० गोलले पराजित गरेकाे हाे। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

यो गोलसँगै एम्बाप्पेले यो विश्वकप फुटबलमा सातौँ गोल समेत गरेका छन् । उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरेका थिए । १८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौं पटक क्वार्टरफाइनलमा प्रवेशगरेकाे हाे।

त्यस्तै, अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा शनिबार राति भएको अर्काे खेलमा सहआयोजक मोरक्को क्यानाडालाई ३-० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरेका थिए ।

सातौँ पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । साथै, दुई पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ । पहिलो पटक अन्तिम १६ मा पुगेको क्यानाडा भने याे हारसँगै प्रतियोगिताबाट बाहिरिएको हाे । प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ ।