Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा


143
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४९२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीको १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा इजिप्ट ४–२ गोलले विजयी भयो ।

खेलको सुरुमा इजिप्टले अग्रता लिएको थियो। १३औँ मिनेटमा इमाम आशुरले हेडमार्फत गोल गर्दै टोलीलाई १–० गोलको सुरुवाती अग्रता दिलाएका थिए । तर, ५५औँ मिनेटमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि अस्ट्रेलिया १–१ गोलको बराबरीमा आएको थियो ।

अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेमध्येको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।