Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सरकारले आगामी आर्थिक वर्षभित्र सबै आधारभुत अस्पतालको निर्माण कार्य सम्पन्न गर्नुपर्दछ : सम्झना देवकोटा


52
Shares

काठमाडाैं ।
प्रतिपक्ष दल नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले निर्माणाधिन आधारभुत स्वास्थ्य अस्पतालको निर्माणका कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खर्च कटौतिको प्रश्ताव पेश गर्दै उहाँले उक्त माग गर्नुभएको हो ।

आमा सुरक्षा, ज्येष्ठ नागरिक सुरक्षा, गर्भवती, नवराज शिशु सुरक्षा जस्ता सेवाहरु दिनका लागि पनि सरकारले उक्त अस्पतालहरुको निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने सांसद देवकोटाको भनाई थियो । उहाँले सरकारले स्वास्थ्य सेवामा सबै नागरिक पहुँच अभिवृद्धि गर्न पनि त्यस क्षेत्रको थप बजेटको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आधारभुत स्वास्थ्य अस्पताल जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न आवश्यक छ । यही अस्पताल ग्रामिण समूदायको स्वास्थ्यको आधार भएकाले यसको पूर्वाधार निर्माण र संचालन गरिनु अति आवश्यक छ । यसका थप बजेटको व्यवस्था गरी आगामी आर्थिक वर्षमा सम्पन्न गरियोस । यसले आमा सुरक्षा, ज्येष्ठ नागरिक सुरक्षा, गर्भवती, नवराज शिशु सुरक्षा जस्ता सेवाहरु दिन सक्दछ । यसले गाउँबस्ती छाडने क्रमलाई रोकि नागरिकलाई स्वास्थ्य सेवा पहुँच र गाउँलाई सुन्दर बनाउन पनि सकिन्छ ।’ सांसद देवकोटाले स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माणमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।