Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिको बैठक शुरू


13
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक शुरु भएकाे छ ।

बैठक बिहान ९ बजेदेखि समितिको बैठक कक्ष सिंहदरबारमा शुरु भएकाे हाे । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको संसद सचिवालयले जनाएकाे हाे।