Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मलेसियामा विश्वकप फुटबलसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

उनीहरुको साथबाट करिब ३५ हजार अमेरिकी डलर नगद जफत

13
Shares

एजेन्सी । फिफा विश्वकप फुटबल सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी शुरु गरिएको राष्ट्रव्यापी अपरेसनमा ३ सय ३१ जनालाई पक्राउ गरिएको छ।

मलेसियन अधिकारीहरूले उनीहरुको साथबाट करिब ३५ हजार अमेरिकी डलर नगद पनि जफत गरिएको बताएका हुन्त । बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले एक विज्ञप्ति जारी गर्दै ६ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको भएकाे पर्दाफास भएको बताउनुभयाे ।

मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन ११ तारिखमा शुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २ सय ९३ वटा छापा मारी वेबसाइट र सामाजिक सञ्जालमार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको छ ।

अधिकारीहरूले १ सय ८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू र सामाजिक सञ्जालका खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको बताएका हुन् ।