काठमाडौैं । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरणकाे आवश्यक भएको बताउनुभएकाे छ।
राष्ट्रपति पौडेलले साेमबार २३औं राष्ट्रिय धान दिवसकाे अवसरमा एक शुभकामना शन्देश जारी गर्दै सम्पूर्ण कृषक दिदी-बहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे हाे । कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभएकाे छ।
श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो रहेकाे उहाँकाे भनाइ छ । जीवन धान्नका लागि मात्र कृषि पेशा नभएर अब व्यावसायिक कृषितर्फ लाग्न समेत सबैलाई उहाँले आह्वान गर्नुभयाे । राष्ट्रपति पौडेलले धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्नुभएकाे छ। नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको समेत उहाँले बताउनुभयाे ।
खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ । धान हाम्रो प्रमुख खाद्यान्न बाली भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व पनि रहेको राष्ट्रपतिको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्