Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे


26
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबार तोलामा चार हजार सात सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रतितोला चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी सोमबार तोलामा चार हजार तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।