Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


भेनेजुएला भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १४ सय ३० पुग्याे, ३२ सय बढी घाइते, ५० हजार बेपत्ता

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खाेजीकार्य जारी

143
Shares


एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० जना पुगेको छ।

भेनेजुएलाका सांसद जर्ज रोड्रिगेजले साेही भूकम्पमा परी ३ हजार २ सय ३८ जना मानिस घाइते भएकाे जानकारी गराउनुभएकाे हाे । साथै ५० हजार मानिसहरु बेपत्ता भएकाे बीबीसीले जनाएकाे छ। बुधबार राति गएका ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्यूडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो । प्रभावित क्षेत्रमा अहिलेसम्म १ सय भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका हुन् ।

स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महशुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महशुस भयो बताएकाे बीबीसीले जनाएको हाे । घरमा क्षति पुगेपछि अधिकांश नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार, राहत र खाेजी कार्यका साथै क्षतिको मूल्यांकन कार्य तीव्र पारिएको बीबीसीले जनाएको हाे ।