काठमाडौं ।
आन्तरिक विवाद, नेतृत्वमाथिको दबाब र संगठनात्मक चुनौतीकाबिच सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।
तीन दिनमा सम्पन्न गर्ने भनेर सुरु भएको महाधिवेशन ६ दिनसम्म चलेर नयाँ नेतृत्वको चयन हुँदा संस्थापन पक्षकै स्पष्ट बाहुल्यता देखिएको छ । अब सभापति रवि लामिछानेले गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनले पार्टीको आगामी शक्ति–सन्तुलन निर्धारण गर्नेछ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले देशभरको ध्यान केन्द्रित गर्यो । जनताको व्यापक समर्थन पाएको दल भएको हुनाले पनि महाधिवेशनतर्फ सबैको ध्यान केन्द्रित हुनु स्वभाविक नै थियो । यस हिसाबले पनि रास्वपालाई यो महाधिवेशनबाट दिने सन्देश निकै चुनौतीपूर्ण थियो ।
देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले तोकिएको समयमा बिना कुनै अवरोध नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिन्छन् भन्ने अपेक्षा थियो । तर, यो महाधिवेशनले रास्वपालाई पुरानै दलको हैसियतमा झारिदिएको छ । पहिलो कुरा त व्यवस्थापकीय त्रुटिका कारण महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन सकेन ।
यस्तो नभएपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरु निकै आक्रोशित देखिए । जसले यो पार्टीको देशभर सकारात्मक सन्देश जान सकेन ।









प्रतिक्रिया दिनुहोस्