Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आजै शपथ ग्रहण हुने


0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथग्रहण शुक्रबार साँझ हुने भएको छ।

महाधिवेशन आयोजक समितिले शुक्रबार एक सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे । नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम शुक्रबार साँझ साढे ६ बजे महाधिवेशनस्थलको हलमा आयोजना गरिने भएकाे छ।

आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित फदाधकिारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको हाे।रास्वपाको यहि असार ७ गते आइतबारदेखि चितवनमा महाधिवेशन शुरु भएकाेमा पदाधिकारीको निर्वाचन सकेर शुक्रबारै शपथ हुन लागेको हो ।