काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स ट्युनिसियालाई पराजित गर्दै समूह एफको शीर्ष स्थानमा प्रवेश गरेकाे छ।
शुक्रबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ गाेल अन्तरले पराजित गरेकाे हाे । तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौं मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २–० ले अगाडि पुग्यो ।
ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड् ३–१ गाेलले विजयी भयो । सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ ।
साथै शुक्रबारै भएको अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । जापानका डेजिन मेदाले ५५ औँ मिनेटमा गोल गरे भने स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।









प्रतिक्रिया दिनुहोस्